दफा २८
निवेदन दिन सक्ने
(१) कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा परिच्छेद–२ बमोजिम सम्पत्ति वा साधन रोक्का भएको वा नियन्त्रणमा लिइएकोमा सोबाट मर्का पर्ने व्यक्तिले त्यस्तो सम्पत्ति वा साधन फुकुवा गरिपाउन सम्बन्धित अदालतमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा र रोक्का रहेको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन निवेदकको सम्पत्ति भएको देखिएमा र देहायको अवस्था विद्यमान भएमा
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
ज्ञट
अदालतले त्यसरी रोक्का राखेको वा नियन्त्रणमा लिइएको त्यस्तो सम्पत्ति वा साधन फुकुवा गर्ने आदेश दिन सक्नेछ ः–
(क) निवेदक त्यस्तो कसूरमा संलग्न भएको नदेखिएमा, र
(ख) त्यस्तो सम्पत्ति वा साधनकसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको वा शङ्का गर्नु पर्ने मनासिब आधार नभएमा ।
(३) उपदफा (२) बमोजिम आदेश भएमा कसूर सम्बन्धी मुद्दा अदालतमा दायर भइनसकेको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दफा ५ बमोजिम बुझाइनसकेको भए अनुसन्धान अधिकारीले रोक्का राखेकोे सम्पत्ति वा साधन तत्काल फुकुवा गरिदिनु पर्नेछ र नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
तर नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन विभाग वा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको भए विभाग वा जिल्ला प्रशासन कार्यालयले त्यस्तो सम्पत्ति वा साधन तत्काल सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।